समाचार

बडादशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजाआजा गरिँदै


काठमाडौँ – बडादशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजाआजा गरेर मनाइँदैछ । दुर्गा भवानीका नौ रुपमध्ये पाँचौ स्कन्दमाताको हो ।

नवरात्र सुरु भएसँगै पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा र चौथो दिन कुष्माण्डाको पूजा गरिएको छ । राजधानीका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी र विजेश्वरीलगायतका शक्तिपीठहरुमा दर्शनार्थीको भिड लागेको छ । दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।