राजनीति

आफ्नो पार्टीका मन्त्रीहरुलाई इमान्दारीताका साथ काम गर्न माधव नेपालको निर्देशन


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरुलाई इमान्दारीता र कर्तव्य निष्ठाका साथ देश र जनताको हितमा काम गर्न निर्देशन दिनुभएको छ । पार्टीबाट नियुक्त मन्त्रीहरुलाई आइतबार पार्टी केन्द्रीय कार्यालयमा बोलाएर नेता नेपालले इमान्दारीता र कर्तव्यनिष्ठ भएर काम हुने विश्वास लिएको बताउनुभयो ।

उहाँले राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दूमा राखेर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभयो । उहाँले निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरुबाट मुक्त हुन पनि सचेत गराउनु भयो । अध्यक्ष नेपालले मन्त्रीहरुबाट विवादमा आउने र बदनामी कमाउने कुनैपनि काम हुनु नहुनेमा जोड दिनुभयो ।