काठमाडौँ – साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १८.५३ अंकले घटेर २६ सय ६२.५८ विन्दुमा झरेको हो । तीन दिनपछि खुलेको बजारमा आइतबार नेप्से परिसूचक १८ अंकमाथिले घटेको छ भने कारोबार रकम करिब साढे ४ अर्बमा सीमित हुन पुगेको छ ।
आज कुल २२० कम्पनीको सात करोड २५ लाख कित्तामाथिको सेयर ५४ हजार पटक किनबेच हुँदा जम्मा ४ अर्ब ४९ करोड ८० लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया