राजनीति

पार्टी अध्यक्षमा ओलीलाई नै निरन्तरता दिने महासचिव पोखरेलको संकेत


काठमाडौँ – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा केपी ओलीलाई नै निरन्तरता दिने संकेत गर्नु भएको छ । महासचिव पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको उल्लेख गर्दै एमालेले नेतृत्व गरेको त्यो ध्रुवलाई सुदृढ बनाउनुपर्ने भन्दै पार्टीको आगामी महाधिवेशनमा पनि केपी ओलीलाई नै पार्टीको अध्यक्ष बनाउने संकेत गर्नु भएको हो ।

महासचिव पोखरेलले आफूले अव पार्टीको महासचिवमा उम्मेदवारी नदिने घोषणा समेत गर्नु भयो । महासचिव पोखरेलले आगामी मंसीरको दोस्रो साता पार्टीको दशौं राष्ट्रिय महाधिवेशन हुने र त्यसले पार्टी नेतृत्व चयन गर्ने बताउनु भयो । उहाँले आफ्नो पार्टी छिटोभन्दा छिटो निर्वाचनमा जाने पक्षमा रहेको स्पष्ट पार्नु भयो । तर त्यसका लागि काँग्रेस वा अन्य दलसँग मिलेर गठबन्धन बनाउने पक्षमा भने आफूहरु नरहेको महासचिव पोखरेलको दावी थियो ।

महासचिव पोखरेलले अदालतलाई राजनीति नगर्न चेतावनी दिनु भयो । अदालत संविधान अनुरुप नहिँडेको दावी गर्दै उहाँले आपत्ति समेत जनाउनु भयो ।