राजनीति

ढाँट्ने र छलकपट गर्ने जिम्मा ओलीलाई दिनुपर्छ : नेता थापा


काठमाडौँ – नेपाली कांग्रेसका नेता गगन थापाले ढाँट्ने र छलकपट गर्ने कामको जिम्मा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई दिनुपर्ने बताएका छन् । उनले कांग्रेसले उज्यालोमा वकालत गर्न नसक्ने काम नगर्ने भन्दै ढाँट्ने काम ओलीको भएको बताएका हुन् ।

आइतबार बिहान काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै थापाले भने “हामी केपी ओली होइनौँ ढाँटिरहनका लागि,” उनले भने, “ढाँट्ने र छल्ने कामको जिम्मा केपी ओलीलाई नै दिऊँ । कांग्रेसले उज्यालोमा वकालत गर्न नसक्ने काम नगरौँ ।”

थापाले उद्योगमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिने घोषणा गर्दा खुसी लागेको पनि बताए । उनले भने, ‘सम्मानित नेता गजेन्द्र हमाल विवादमा तानिँदा दुःख लागको थियो। पछि उहाँको राजीनामा आएको सुन्दाखुसी लागेको छ। उहाँले यो गर्न आवश्यक थियो। हमालको परिवारले गरेको योगदान कांग्रेसले कहिल्यै नबिर्सने पनि बताए ।