राजनीति

हमालको राजीनामा स्वीकृत


काठमाडौँ – उद्योगमन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत भएको छ । आइतबार बिहान बालुवाटार पुगेर हमालले देउवालाई राजीनामापत्र बुझाएसँगै स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अनुरोध गरेका थिए । विभिन्न सञ्चारमाध्यममा आएका समाचार र कानुनविद्हरूले प्रश्न उठाएपछि पदबाट राजीनामा दिएको हमालले बताएका छन् ।

हमाल तीन दिनअघि असोज २२ गते मन्त्रीमा नियुक्त भएका थिए । देउवा निकट उनी नाताले प्रधानन्यायाधीश जबराको जेठान समेत हुन् । लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनीले २०२७ सालदेखि कांग्रेसको विभिन्न पदहरुमा बसेर काम गरिसकेका छन् ।

यसैसँग सम्बन्धित समाचार : 

उद्योगमन्त्री गजेन्द्र हमालद्वारा राजीनामा दिने घोषणा

विवादित उद्योगमन्त्री हमालले दिए राजीनामा