काठमाडौँ – लेबनानमा विद्युत आपूर्ति ठप्प भएको छ । गम्भीर आर्थिक संकट झेलिरहेको लेबनानमा विद्युत आपूर्ति बन्द हुँदा अन्धकार भएको छ । इन्धन अभावका कारण देशका दुई ठूला उर्जा केन्द्रहरु बन्द भएको सरकारी अधिकारीले समाचार संस्था रोयटर्ससँग बताएका छन् ।
डेइर अमार र जाहरानी उर्जा केन्द्र बन्द हुँदा विद्युत सेवा रोकिएको हो । अझै केही दिन ती केन्द्रहरु सञ्चालन गर्न सक्ने अवस्था नरहेको सरकारी अधिकारीले बताएका छन् । पछिल्लो १८ महिनादेखि लेबनानमा गम्भीर आर्थिक संकट छ । यस्तै इन्धनको अभाव पनि गम्भीर बनेको छ । आर्थिक संकटले लेबनानका आधा मानिस गरिबीमा धकेलिएका छन् । लेबनानको मुद्राको मूल्य शुन्य प्रायः भएको छ ।
विदेश
प्रतिक्रिया