राजनीति

बागमतीका मुख्यमन्त्री शाक्य अल्पमतमा पर्ने निश्चित, यी हुन् नयाँ दावेदार


काठमाडौँ – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिनु हुने भएको छ । एमाले विभाजनमा १३ सांसदले एकीकृत समाजवादी रोजेपछि अल्पमतमा पर्नुभएकी शाक्यले आज विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रदेश सभाको नवौं अधिवेशन आजैदेखि सुरु हुँदै छ । दिउँसो ३ बजे बस्ने बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने तय गरिएको छ । मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार माधव अर्यालले गत शुक्रबार विश्वासको मतसम्बन्धी प्रस्ताव संसदमा दर्ता गराउनुभएको थियो । शाक्यले भोलिसम्म प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ । अहिलेसम्मको समिकरण हेर्दा शाक्यले विश्वासको मत पाउने सम्भावना छैन । शाक्यको अल्पमतमा पर्ने भएसँगै गठबन्धन दलबाट एकीकृत समाजवादीका राजेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भईसकेको छ ।