राजनीति

नेता र नेतृत्वप्रति नागरिकमा वितृष्णा, पात्र मात्र फेरिए, प्रवृत्ति उस्तै (भिडियोसहित)


काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गठन भएको ८८ दिनपछि शुक्रबार पूर्णता पाएको छ । देशले दशैंको पूर्वसन्ध्यामा दुई राज्यमन्त्री सहित १६ मन्त्रालयमा विभागीय नयाँ मन्त्री पाएका छन् । राजनीतिक परिवर्तनका सम्वाहक आम नागरिकमा भने राज्य संयन्त्रमा भइरहेको हेरफेर वा परिवर्तनप्रति खासै चासो छैन ।

केपी ओली नेतृत्वको सरकारले नागरिकले चुनेको स्थायी सरकारलाई बली चढाएपछि परिस्थितिले पुन राज्यको वागडोर सम्हालेका शेरबहादुर देउवाले चर्को आलोचनापछि बल्ल बल्ल सरकारलाई पूणर््ता दिन सफल भए । नयाँ सरकार गठन भएको ८८ दिन पछि मात्रदेउवाले मन्त्रीमण्डललाई पूर्णता दिए । दुई राज्यमन्त्री सहित १६ मन्त्रालयले नयाँ मन्त्री पाएका छन । मन्त्री भएकाहरु खुशीयाली मनाईरहेका छन भने मन्त्री बन्ने चर्चा कमाएर अन्तिममा रिङ बाहिर परेकाहरु आफ्नो गुट छाड्ने देखि पार्टी अध्यक्षको पुत्ला जलाउने सम्मको गतिविधिमा सक्रिय छन् । लामो राजनीतिक रस्साकस्सीपछि केहि विवादस्पद त केहि चर्चामा रहेका र नागरिकले केहि गर्छन कि भन्ने अपेक्षा गरेका नेताहरु पनि मन्त्री बनेका छन ।

तर नेपालको राजनीतिक व्यवस्था परिवर्तनको ठुलो हिस्सा बनेका सर्वसाधरण भने पछिल्लो समय मुलुकको राजनीतिक परिवर्तन वा नेतृत्व हेरफेरप्रति चासो समेत राख्न छाडेका छन । मुलुकको राज्य व्यवस्था नै कमजोर भएकाले अनुहार र पात्र मात्र फेरिएर केहि नहुने कतिपयको भनाई छ ।

कोरोना कहरका कारण सुस्ताएको अर्थतन्त्र, आकासिँदो बजार भाउ, त्यसैमाथि राजनीतिक दल दलभित्रको राजनीतिक भागभण्डा र आन्तरिक राजनीतिक किचलोले हरेक क्षेत्र अस्तव्यस्त छ । राजनीतिक दल र दलका नेताहरुको स्वार्थी र सत्ता केन्द्रित गतिविधिका कारण नागरिकमा नेता र नेतृत्वप्रति वितृष्णा छ । देशले नयाँ मन्त्री पाए तर नागरिकका लागि कागलाई वेल पाक्यो हर्ष न विस्मात मात्र बनेको छ । केहि मन्त्रीहरुबाट आशा गरिए पनि देशको विकास र समृद्धिका लागि राज्य र राजनीतिको जग नै गतिलो हुनुपर्ने सर्वसाधरण बताउँछन ।

झन्डै तीन महिनाको अवधिमा केहि नगरे पनि देउवा नेतृत्व सरकारले बडो रस्साकस्सीका साथ मन्त्रीमन्डललाई पूर्णता दिएको छ । विभागीय मन्त्रीको अभावमा लामो समय अस्तव्यस्त बनेको मन्त्रालयहरुले कम्तिमा विभागीय मन्त्री पाएका छन । प्रशासनिक काम अगाडि बढे पनि नीतिगत रुपमा गर्न पर्ने धेरै कामहरु ठप्प छन । यस्तो अवस्थामा नागरिकको मन जित्न त्यति जहज पक्कै छैन । यद्यपि नीतिगत तथा प्रशासनिक क्षेत्रको सुधारमा मन्त्रीले चाहे केहि सकरात्मक परिवर्तन भने सम्भव छ । तर नवनियुतm मन्त्रीहरुले कसरी नागरिकमैत्री योजनाहरु बनाउँछन त्यो पनि चासोपूर्ण पक्कै रहेनेछ ।