राजनीति

नेपाली सेनाको कामबाट विश्वसमुदाय सन्तुष्ट : रक्षामन्त्री डा.रिजाल


काठमाडौँ – नवनियुक्त रक्षामन्त्री डा.मीनेन्द्र रिजालले पाली सेनाको कामबाट विश्वसमुदाय सन्तुष्ट रहेको उल्लेख गरेका छन् । उनले राष्ट्रिय विपत्तिमा नेपाली सेनाले अग्रभागमा रहेर उच्चकोटीको काम गरेको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाली सेनाको सम्मान र मर्यादा विश्वसामु उच्च रहेको र सेनाको गौरव बढाउन सरकार कहिले पनि पछि नपर्ने दृढता व्यक्त गरे ।

मन्त्री रिजालले राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय भएको बताएका छन् । आफूले राष्ट्रिय सुरक्षा मस्यौदा समितिमा विगतमा पनि काम गरिसकेको हुँदा राष्ट्रिय सुरक्षा नीति राष्ट्रको हितमा रहने बताए । उनले नेपालको संविधानले वाक् र प्रेस स्वतन्त्रता दिएकाले कसले के कुरा गर्छ र लेख्छभन्दा पनि सरकार भर्खरै विस्तार भएको र यसले आफ्ना काममा गति लिने बताए ।