विदेश

तालिवान सरकारमा आएपछि पनि अफगानिस्तानमा रोकिएन हिंसा


काठमाडौँ – तालिवान सरकारमा आएपछि पनि अफगानिस्तानमा हिंसा रोकिएको छैन् । पछिल्लो पटक मस्जिदमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

अमेरिकी सैनिकले अफगानिस्तान छोडेपछिको यो सबैभन्दा ठूलो आक्रमण भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । सइद अबाद मस्जिदमा बम आक्रमणमा मारिएकाहरुको शव छरिएको अवस्थामा देखिएको स्थानीय अधिकारीले बताएका छन् ।

अल्पसंख्यक शिया मुसलमान समुदायको मस्जिदमा आक्रमण भएको हो । आक्रमणमा परी एक सय भन्दा बढी मानिस घाइते भएका छन् । इस्लामिक स्टेटले आक्रमणमा आफ्नो संलग्नता रहेको बताएको छ ।