राजनीति

नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । मन्त्रिपरिषदले पूर्णता पाएपछि बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री देउवाले उत्साह र ईमान्दारिताका साथ जनताको अपेक्षा अनुसार काम गर्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीले नवनियुक्त मन्त्रीहरुको कार्यकालको पूर्ण सफलताको कामनासमेत गर्नु भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धि मापदण्डलाई स्विकृत गर्ने र मन्त्रिपरिषदका समितिहरुलाई पुनर्गठन गर्ने निर्णय पनि गरेको छ ।

प्रवक्ता कार्कीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल नेपाली काँग्रेसको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गर्नु भएको पनि बताउनु भएको छ । उहाँले नवनियुक्त मन्त्री हमाललाई प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरासँग जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको पनि जिकिर गर्नुभयो । हमालले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कार्कीले दाबी गर्नुभयो ।