देश

नेपाल–भारत सीमा विवाद : सीमा समस्यामा सँधै किन मौन नेपाल ? (भिडियोसहित)


काठमाडौँ – नेपाल भारत सम्बन्ध विवादको मुख्यविषयसीमा विवाद संधै सतहमा रहे पनि द्धिपक्षीय वार्तामा भने दुवै मुलुक असमर्थ बन्दै आएका छन् । सीमा समस्या समधानका विषयमा भारतले वेवास्ता गर्दै आएको छ भने उसलाई छलफलको टेवलसम्म ल्याउन नेपालको कुटनीतिक ल्याकत नपुगेको स्पष्ट देखिन्छ ।

नेपालले अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सामा समावेश गरेपछि उत्पन्न विवादपछि अवरुद्ध बनेको नेपाल–भारत सीमा सुरक्षा बैठकदुई वर्षपछि विहिबार नयाँदिल्लीमा सम्पन्न भयो । बैठकमा नेपाल र भारतबीचको सीमा सुरक्षा र त्यहाँ हुने आपराधिक गतिविधि नियन्त्रण र त्यसमा सहकार्य गर्ने सहमति भएको छ । तर सीमा सुरक्षामा खटिने दुई मुलुकको सीमा सुरक्षा निकायका प्रमुखहरुको यो छलफलमा दार्चुलाका जयसिंह धामीको विषयले प्रवेश नै पाएन ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटिदिएपछि धामी दुई महिनादेखि वेपत्ता छन ।दुई देशका सीमा सुरक्षा प्रमुखसम्मिलित वैठकमा जय सिंह धामीकै विषयले ठाउँ नपाएपछिबहुप्रतिक्षित सीमा विवादका सवालमा छलफल हुने कुरै भएन । बैठकमासीमा सुरक्षा, सीमा नियमन, नेपाल–भारत सीमा नाका प्रयोग गरी हुन सक्ने अन्तर्देशीय अपराध रोकथाम तथा नियन्त्रण, आदी विषयमाछलफल भएको छ । सीमा विवाद समस्या समधानका सवालमा नेपालको कुटनीतिक कमजोरी नै मुख्य कारक तत्व बनेको कतिपयको तर्क छ ।

मुलुकको राष्ट्रहितका पक्षमा अझ सीमा जस्तो संवेदनशील विषयमा मुलुकका हरेक राजनीतिक दल र दलका नेता अनि नेतृत्वबीच एक मत हुन अति आवश्यक छ । तर विडम्बना नेपालको सन्दर्भमा दलहरुले राष्ट्रिय हितका सवालमा एकजुट भएको गफ छाडे पनि व्यवहारमा संधै चुक्ने गरेका छन् । विभागीय मन्त्रीहरुलाई बल्लतल्ल पाएको मन्त्री पद नै फलामको चिउरा बन्ने गरेको छ । परराष्ट्र मामिला र राष्ट्रिहितका सवालमा समेत नैतिक समर्थन खड्किएको विभागीय मन्त्रीहरुको अनुभव छ ।

विगतदेखि नै पेचिलो बनेको नेपाल भारत सीमा समस्या समधानका लागि यस्ता द्धपक्षीय मञ्चहरु महत्वपूर्ण रहे पनि नेपालको कुटनीतिक कौशलता पूर्णरुपमा असफल हुँदै आएको छ । नेपाल भारत सीमा समस्या समधान गर्न बनेको अधिकांश संयन्त्र नाम मात्रका छन् । दुई मुलुकबीच संवादहिनताको अवस्थामा सीमा जस्तो संवेदनशील विषयमा छलफल प्रवेश नै कसरी गराउने द्धविधापूर्ण छ । सीमाका सवाल उठ्दा अन्तरािष्ट्रय मञ्चमा जाने ठुलो जनदवाव समेत खेप्दै आएको नेपाली नेतृत्वले कसरी कुटनीतिक पहल गर्छ । यसले विशेष अर्थ राख्ने पक्का छ ।