समाचार

सरकारले शनिबारदेखि खसीबोका विक्री वितरण गर्दै


काठमाडौँ – विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँ लक्षित काठमाडौं उपत्यकामा खसी बोका बिक्री गर्ने भएको छ । कम्पनील शनिबारदेखि खसीबोका विक्रि वितरण सुरु गर्ने भएको हो ।

यो दृश्य हो, काठमाडौँको थापाथलीस्थित खाद्य संस्थानको । गत वर्ष एक हजार खसीबोका र एक हजार च्याङ्ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष २ हजार वटा खसीबोका मात्रै विक्रि वितरण गर्न लागेको हो । कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसीबोका र च्याङग्रा बिक्री गर्दै आएको छ । तर, यस बर्ष च्याङ्ग्रा नपाइएको र पाइएको पनि मूल्य अत्याधिक बढेको भन्दै कम्पनीले च्याङ्ग्रा विक्रि वितरण नगर्ने बताएको छ । कम्पनीले जिउँदो खसीबोकाको प्रति केजी ६ सय ५० रुपैयाँ निर्धारण गरी त्यसमा १० रुपैयाँ सहुलियत दिई ६ सय ४० रुपैयाँमा बिक्री गर्ने भएको छ ।

बजारमा प्रतिकेजी ६ सय देखि ६ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । बजारमा भन्दा सस्तो पाइने भएपछि संस्थानमा उपभोक्ताको यहाँ आएका हुन् । तर, संस्थानले शुक्रबारदेखि खसिबोका विक्री वितरण गर्ने भनिएको खबर सुनेर आएका उपभोक्ता शनिबार मात्र वितरण हुने भएपछि निराश बनेका छन् । कम्पनीले माग धान्नभन्दा पनि बजार मूल्य नियन्त्रणका लागि विगतमा झैं यसपटक पनि खसीबोका बिक्री गर्न लागेको बताएको छ । दशैंका बेला काठमाडौं उपत्यकामा खसीबोकाको ११ लाख किलोभन्दा बढी मासु खपत हुने अनुमान छ ।