काठमाडौँ – विश्व शेर्पा दिवस अर्थात् ग्लोबल शेर्पा डेको अवसरमा शेर्पा संघ अमेरिकले पत्रकारिता पुरस्कार वितरण गरिएको छ ।
नेपाल शेर्पा संघको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच शेर्पा संघ अमेरिकले पत्रकारिता पुरस्कार वितरण गरिएको हो । विश्व शेर्पा संघका अध्यक्ष इन्जिनियर आङ दोर्जी शेर्पा लामाको प्रमुख आतिथ्यतामा पत्रकार सोनाम याङ्जी शेर्पालाई नगद २५ हजार १ रुपैयाँ पत्रकारित पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रम नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे शेर्पा लामाले समाज रुपान्तरण र राज्यको मूलधारमा पहुँच स्थापित गर्न पत्रकारहरुको महत्वपुर्ण भूमिका रहेको बताउनुभयो । पत्रकारिता मार्फत समुदायको भाषा साँस्कृति विकास र प्रवर्दन गर्न योगदान दिइरहेको र पत्रकारलाई सम्मानका लागि पुरस्कार वितरण गरेर शेर्पा संघ अमेरिकाले नयाँ कार्यको शुरुवात गरेकोमा अध्यक्ष शेर्पाले खुसी व्यक्त गर्नुभयो ।
उहाँले शेर्पा समुदायबाट पत्रकारिता क्षेत्रमा रहेको व्याक्तिहरुलाई आगामी दिनमा निरन्तर सहयोग गर्ने बताउनु भयो । विश्व शेर्पा दिवस आगामी दिनमा भब्य रूपमा मनाउने प्रतिवदता पनि उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रम शेर्पा संघ अमेरिकका अध्यक्ष आङ जाङ्बु शेर्पाले समुदायको विकास गर्नका निम्ति पत्रकारिता क्षेत्रमा लागेका पत्रकारहरुलाई सम्पुर्ण संघ संस्थाले सहयोग गर्नु पर्ने र आफ्नो तर्फबाट सहयोग गर्ने विश्वस व्यक्त गर्नु भयो ।
विश्व शेर्पा संघका अध्यक्ष शेर्पाले विश्व शेर्पा दिवस कोरोना महामारी लगायतको कारणले भव्य रुपमा मनाउन नपाएको बताउनुभयो । अध्यक्ष शेर्पाले विश्व शेर्पा संघले शेर्पा भाषाको विकास गर्न निर्माण गरिरहेको ‘एप्स’ सार्वजनिक गर्ने तयारी भएपनि केही प्राविधिक कारणले हुन नसकेको जानकारी दिनुभयो । उहाँले सबै शेर्पा युवाहरूलाई भाषाको विषयमा ज्ञान दिलाउने लक्ष्यका साथ एप्लिकेशन एन्ड्रोइड र आइओएसमा डाउनलोड गरी प्रयोग गर्न सकिने गरी एप्स निर्माण गरिएको बताउनुभयो ।
एप्समा शेर्पा, साम्भोटा, नेपाली र अंग्रेजी भाषामा पढ्न र सिक्न सकिने छ । त्यस्तै एप्समा शेर्पा भाषाको शब्द बाचन, अनुवाद गर्ने लगायतको सुविधा रहने बताउनुभयो । एप्सले शेर्पाहरूलाई मात्रै नभएर शेर्पा भाषा सिक्न चाहने शोधकर्ताहरूलाई समेत सहयोग पुग्ने अध्यक्ष शेर्पा बताउनुभयो । एप्समा शेर्पा, साम्भोटा, नेपाली र अंग्रेजी भाषामा पढ्न र सिक्न सकिने छ । त्यस्तै एप्समा शेर्पा भाषाको शब्द बाचन, अनुवाद गर्ने लगायतको सुविधा रहने शेर्पाले बताउनुभयो ।
शेर्पा भाषा एप्स निर्माणले दिनदिनै लोप हुँदै गएको शेर्पा भाषाको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । विश्व शेर्पा संघ ‘जम्बुलिङ शेर्वी छोक्पा’ ले अक्टुबर ८ तारिख विशेष कार्यक्रमको साथ विश्व शेर्पा दिवस मनाउदै आएको छ ।
प्रतिक्रिया