राजनीति

मन्त्री बाँडफाँटमा प्रधानन्यायाधीशलाई पनि भाग : गजेन्द्र हमाल भने, आपूर्तिमन्त्री


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मन्त्रिपरिषद्‍मा भाग लिएका छन् । उनको कोटामा गजेन्द्र हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष पठाएको १६ मन्त्रीको सूचीमा उनको नाममा रहेको स्रोतले पुष्टि गरेको छ ।

मन्त्रिपरिषद् विस्तार गर्नुपूर्व कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा बोल्दै प्रधानन्यायाधीशले मन्त्रिपरिषद्‍मा भाग खोजेको सत्य नभएको दाबी गरेका थिए ।प्रधानन्यायाधीश जबराले पनि केहीदिन पहिले मन्त्री नमागेको दाबी गरेका थिए ।