राजनीति

प्रधानन्यायधीस राणालाई पदमा बस्ने नैतिकता छैन : कमल थापा


काठमाडौँ – राप्रपाका अध्यक्ष कमल थापाले प्रधानन्यायधीस चालेन्द्र शमशेर राणालाई पदमा बसिरहने नैतिकता नभएको टिप्पणी गर्नुभएको छ । राणाका जेठान गजेन्द्र बहादुर हमाललाई उद्योग तथा आपूर्ति मन्त्री बनाइएपछि थापाले राणालाई पद बसिरहने नैतिकता नभएको टिप्पणी गर्नुभएको हो ।

ट्वीट गर्दै थापाले निर्दलीय हमाललाई मन्त्री बनाएर परमादेश लेनदेनको उपज बनाएको आक्रोश व्यक्त गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘न्यायपालिकाको विश्वसनियतामा अपुरणीय क्षति भयो । कानुनी राज्यको अवधारणा र लोकतन्त्रको चिरहरण भएको छ ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गर्ने क्रममा शुक्रबार गैरसांसद र कुनै दलमा समेत आवद्ध नभएका गजेन्द्रबहादुर हमाललाई आपूर्ति मन्त्री बनाउनुभएको छ । नवनियुक्त मन्त्री हमाल प्रधानन्यायधीस राणाका जेठान हुनुहुन्छ ।