राजनीति

नेकपा एकीकृत सामाजवादी र नेकपा एकीकृत पार्टीबीच एकीकरण


काठमाडौँ – नेकपा एकीकृत सामाजवादी र नेकपा एकीकृत पार्टीबीच एकीकरण भएको छ ।

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकीकृतका अध्यक्ष जीवन राईले शुक्रबार एक वक्तव्य जारी गर्दै पार्टी एकिकरण भएको घोषणा गरेका हुन् । अब एकिकरणपछि पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) नै हुनेछ । पार्टीको चुनाव चिह्न भने कलम रहने भएको छ ।

राईले तत्कालीन नेकपामा विवाद चर्किएपछि नयाँ पार्टी दर्ता गराउनुभएको थियो ।