राजनीति

जसपाबाट मन्त्री हुनेको नाम टुंगो लाग्यो, को–को बन्दै छन् मन्त्री ?


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । जसपाबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा रेणु यादव, रामसहाय यादव र प्रमोद साह मन्त्री बन्ने निश्चित भएको हो ।

शीर्ष नेताहरुको शुक्रबार बिहान बसेको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको हो । निर्णयअनुसार जसपाबाट सरकारको नेतृत्व राजेन्द्र श्रेष्ठले गर्नेछन् ।