राजनीति

प्रधानमन्त्री पुगे शीतलनिवास


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने पूर्वसन्ध्यामा राष्ट्रपतिसँग भेटवार्ता गरेका छन् । मन्त्रिमण्डल विस्तारको अन्तिम तयारी भइरहेका बेला प्रधानमन्त्री देउवाले शुक्रबार मध्यान्ह राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् ।

भेटमा प्रधानमन्त्री र राष्ट्रपतिबीच सपथका बारेमा छलफल भएको बझिएको छ । अहिले शपथबारे नयाँ कानुन बनिनसकेको र अध्यादेश समेत खारेज भैसकेकाले कुन कानुन अन्तर्गत शपथ खुवाउने भन्ने प्रश्न उठेको छ । तर राष्ट्रपतिको स्वकीय सचिवका भेषराज अधिकारीले भने यो नियमित भेटवार्ता भएको बताएका छन् । नियमित भेट भए पनि मन्त्रिपरिषद्को विषयमा पनि कुरा भएको उनले जनाएको छ ।

प्रधानमन्त्रीले आज नै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।