काठमाडौँ – काठमाडौँ महानगरपालिकाको आजदेखि दशैँलक्षित कोरोना विरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ । महानगरले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई लक्षित गर्दै भेरोसेलको पहिलो मात्रा खोप कार्यक्रम सञ्चालन गरेको हो ।
महानगरपालिकाका ३२ वटै खोप केन्द्र र केही थप गरिएको केन्द्रबाट सोमबारसम्म खोप दिनेछ । खोप लगाउन जाँदा जनस्वास्थ्यको मापदण्डको पालना अनिवार्य गर्नुपर्ने छ । खोप लगाउनका लागि परिचय खुल्ने फोटोसहितको परिचयपत्र र विद्युतीय दर्ता नम्बरसहित नजिकको खोप केन्द्रमा जान महानगरपालिकाको आग्रह छ । खोप कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया