राजनीति

प्रतिनिधि सभाको बैठक आज बस्दै, बैठक अवरुद्ध गर्ने एमालेको तयारी


काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठकमा विरोध गर्दै आएको छ ।

त्यसलाई आज पनि निरन्तरता दिने तयारी एमालेले गरेको छ । अघिल्लो पटक बसेको बैठक एमालेकै विरोधका कारण सात मिनेटमात्रै बसेर स्थगित भएको थियो । पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ जनालाई सांसद पदबाट नहटाएर सभामुख अग्नि सापकोटाले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको आरोप लगाउँदै एमालेले संसदमा विरोध जनाउँदै आएको छ ।

सभामुख सापकोटाले ‘बाटो खाली नगरेसम्म विरोध जारी रहने एमालेदे बतादै आएको छ । संसदको अवरोध खुलाउने विषयमा सभामुख सापकोटा र त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकसमेत एमालेले बहिस्कार गरेको थियो ।