काठमाडौँ – प्रदेश १ सरकारको अधिवेशन आजबाट सुरु हुँदै छ । यही अधिवेशनमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनुहुनेछ ।
नेकपा एमाले विभाजित भएपछि गत भदौ १० गते मुख्यमन्त्री नियुक्त हुनुभएका आचार्य अल्पमतमा हुनुहुन्छ । नेकपा एमालेका ५१ सांसदहरुमध्ये १० जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि आचार्यको पक्षमा ४१ सांसद छन् ।
कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपासहितको गठबन्धनमा ५० जना सांसद छन् । ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।
प्रतिक्रिया