राजनीति

३ महिनापछि आज मन्त्रिपरिषद्ले पूर्णता पाउदै, थपिएका मन्त्रीले आजै शपथ लिने


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ३ महिनापछि आज मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच बिहीबार मन्त्रालय भागबन्डामा कुरा मिलेपछि आज प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् ।

थपिएका मन्त्रीहरूले आज शपथ खाँदै छन् । बिहीबारको सहमतिबमोजिम आज ११ बजे मन्त्रिपरिषद् विस्तार गरिने र अपराह्न ४ बजे शपथ समारोह हुने भएको हो । सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रले ५, जसपा र एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाएका छन् ।

साथै माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एक/एक जना राज्यमन्त्री पनि पाएका छन् । गठबन्धनका पाँच दलमध्ये राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नभई बाहिरबाटै सहयोग गर्ने भएको हो ।