राजनीति

कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान यो बर्ष नगर्ने


काठमाडौँ – नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान यसपटक नगर्ने निर्णय गरेको छ । कोरोना महामारीको त्रास अझै कायम रहेको भन्दै कांग्रेसले अघिल्लो वर्षजस्तै यो वर्षपनि चियापान समारोह नगर्ने भएको हो ।

कांग्रेसले चाडपर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका लागि सबैलाई अपील गरेको छ ।