राजनीति

मन्त्रालय भागवण्डामा सहमति नजुट्दा मन्त्रिपरिषद् विस्तार हुन सकेन


काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रालय भागवण्डामा विवाद भएपछि विहीबार पनि मन्त्रीपरिषद् विस्तार हुन सकेन ।
गठबन्धनमा रहेका दलहरुले मन्त्रीको नाम करिब टुंगो लगाइसके पनि मन्त्रालय भागवण्डामै विवाद भएपछि मन्त्रिपरिषद विस्तार हुन नसकेको हो ।

गठबन्धनमा रहेका नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय लिने सहमति भएको थियो । तर कुन मन्त्रालय कुन दलले पाउने भन्ने विषयमा दलहरुबीच कुरा नमिलेका कारण आज मन्त्रिपरिषद विस्तार हुन नसकेको बताइन्छ ।

यद्दपी आजको बैठकले प्रदेश १ र बागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति गरेको बताइएको छ ।