कोरोना विशेष

काठमाडौँ महानगरपालिकामा भोलिदेखि कोरोनाविरुद्धको खोप दिइने


काठमाडौँ – काठमाडौं महानगरपालिकामा भोलि (सोमबार)देखि कोरोनाविरुद्धको खोप दिइने भएको छ । काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा रहेका खोप केन्द्रमा खोप लगाउने कार्यक्रम सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।

खोप नेपाल प्रहरी, वीर, निजामती, परोपकार प्रसुती र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप लगाउने व्यवस्था रहेको महानगरपालिकाले जनाएको छ । खोप १८ वर्षमाथिका सम्पूर्ण नागरिकले विहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउन पाउँने छन् ।