समाचार

वायु सेवा निगमका पूर्वअध्यक्ष चाबहिलमा मृत भेटिए


काठमाडौँ – नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत अवस्थामा भेटिएका छन् । चाबहिलको बुलबुलेस्थित निर्माणाधीन घर अगाडी उनी आज बिहान मृत फेला परेका हुन । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले घर माथिबाट हाम फालेर आत्महत्या गरेको देखिएको छ ।

घरको चार तलामाथिबाट हाम फालेको जस्तो पाइएकाले आत्महत्या गरेको आशंका गरिएको प्रहरी प्रमुख सिंहले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए । उनले भने, ‘नजिकै रहेको सीसी क्यामरामा उनी माथि गएको र झरेको दुवै कैद भएको पाइएको छ ।’

प्रहरीले चतुर्वेदीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । चतुर्वेदी भ्रष्टाचारसम्बन्धी कसूरमा २०६८ साल भदौ २९ गतेदेखि डेढ वर्ष जेल बसेका थिए ।