राजनीति

केपी ओली कम्युनिष्ट आन्दोलनबाट च्यूत भइसकेको माधव नेपालको आरोप


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका नेता केपी शर्मा ओली कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाउनुभएको छ । आज एमाले नेता भानुभक्त जोशीलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष नेपालले यस्तो आरोप लगाउनुभएको हो ।

अध्यक्ष नेपालले एमालेमै रहनका लागि अन्तिमसम्म प्रयास गर्दा र पछिल्लो समय राष्ट्रिय विधान महाधिवेशनमा भएको गतिविधि र सिद्धान्तका कारण जोशीले नयाँ क्रान्तिकारी पार्टी रोजेको बताउनुभयो । उहाँले नेकपा एमाले सबै हिसावले पतनको दिशामा गएको बताउँदै नेकपा एमाले सामुहिक नभएर एक व्यक्तिको पार्टी जस्तो भएको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेबाट नेकपा (एकीकृत समाजवादी) पार्टीमा मा प्रवेश गर्नुभएको नेता भानुभक्त जोशीले १० बुँदे सहमति तथा अन्तर पार्टी निर्देशन १२ का निर्णयसमेत कार्यान्वयन नभएकोले पार्टी परिवर्तन गरेको बताउनुभयो । नेता जोशीलाई पार्टीका अध्यक्ष माधव कुमार नेपालसहितका नेताहरुले स्वागत गरेका थिए ।