राजनीति

नेता जोशी एमाले छोडी एकीकृत समाजवादीमा प्रवेश


काठमाडौँ – नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी बिहीबार एमालेबाट विभाजित भएको पार्टी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । जोशीलाई समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराएका हुन् ।

जोशीले पार्टीभित्र फेरि पनि आग्रह र पूर्वाग्रहको अवस्था यथावत् नै रहेको भन्दै असोज २० गते पार्टी अध्यक्षको नाममा पत्र काट्दै राजीनामा दिएका थिए । स्रोतका अनुसार जोशीलाई सुदूर पश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिने सहमति भएको छ । सुदुरपश्चिम प्रदेशसभामा समाजवादी सबैभन्दा ठूलो दल हो । यसअघि गरिमा शाहलाई प्रदेश इन्चार्ज बनाइएको थियो ।

दल रोज्न निर्वाचन आयोगले प्रदेश र संघका निर्वाचित जनप्रतिनिधिहरुलाई दिएको भदौ २२ को समयसीमाभित्र नै जोशीले एकीकृत समाजवादी रोज्ने बताएका थिए । तर, अन्तिम समयमा आएर एमालेमा नै बसेका थिए ।