राजनीति

भाजपाको निमन्त्रणामा प्रकाशशरण महतको टोली आज भारत जाँदै


काठमाडौँ – नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतसहित नेताहरू भारत जाँदै हुनुहुन्छ । पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका महतसहित कांग्रेस नेताहरू उदयशमशेर राणा र अजय चौरासिया आज दिल्ली जाँदै हुनुहुन्छ ।

भारतको सत्तारूढ दल भारतीय जनता पार्टीको विदेश विभागको निमन्त्रणामा दिल्ली जाने कार्यक्रम तय भएको महतले जानकारी दिनुभयो । कांग्रेसका नेताहरू चार दिन नयाँदिल्लीमा रहने तय गरिएको छ । दुई देश र पार्टीबीच सम्बन्ध थप मजबुद् बनाउन भ्रमण गर्न लागिएको कांग्रेसले जनाएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कांग्रेसका नेताहरू पहिलो पटक भारत भ्रमणमा जाने कार्यक्रम तय भएको हो ।