काठमाडौँ – पाकिस्तानमा बिहीबार बिहानै भूकम्प गएको छ । बलोचिस्तानमा भूकम्प जाँदा कम्तीमा पनि २० जनाको मृत्यु भएको र यो संख्या बढ्न सक्ने विपद् व्यवस्थापन अधिकारीहरूले जनाएका छन् ।
पाकिस्तानी समयअनुसार भूकम्प बिहान ३ बजे आएको थियो । उक्त भूकम्क ५.७ म्याग्निच्युटको मापन गरिएको छ । मृत्यु हुनेमा धेरै जसो महिला र बालबालिका रहेका छ । भूकम्पमा परी घाइते हुनेमा कम्तीमा पनि १५० जना रहेको त्यहाको सञ्चार माध्यमले जनाएको छ ।
विदेश
प्रतिक्रिया