समाचार

सार्वजनिक सवारीको भाडा बढ्यो, काठमाडौँ उपत्यकामा न्यूनमत भाडा दर १८ रुपैयाँ


काठमाडौँ – बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडा बनाएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको छ ।

अब काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा लाग्नेछ । यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ । १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्ने छ । उपत्यका बाहेक साबिकको भाडादरमा २३ प्रतिशत बृद्धि गरिएको छ । यो भाडादरमा यात्रुले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान वा गुन्टा लैजान पाउने मन्त्रालयले जनाएको छ ।