राजनीति

माओवादी केन्द्रले ३ मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगायो, को-को हुन मन्त्री ?


काठमाडौँ – माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशि श्रेष्ठलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।

पौडेल बागलुङबाट निर्वाचित सांसद हुन् भने शशी श्रेष्ठ हाल राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य समेत रहेकी छिन् ।

यस्तै मोधमाया माओवादीको जययुद्धकालीन सहिद रामवृक्ष यादवको छोरी हुन् । यसअघि माओवादीको तर्फबाट देउवा सरकारमा दुई मन्त्री सहभागी थिए । जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीको रुपमा रहेकोमा आज थप ३ मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लागेसँगै माओवादीले आफ्नो भागमा परेका सबै मन्त्रीको नाम टुंगो लगाएको छ । आज छानिएका मन्त्रीहरुको मन्त्रालयबारे भने खुलाइएको छैन ।