Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

प्रदेश नं. २

मुख्यमन्त्री राउतले पाए विश्वासको मत


काठमाडौँ – प्रदेश नम्बर २ का मुख्यन्त्री लालबाबु राउतले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । जसपा विभाजनपछि उनले संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिएका हुन् ।

राउतलाई नेकपा एमाले र लोकतान्त्रिक समाजवादीबाहेक अन्य दलले समर्थन गरेका कारण उनको सरकार सुरक्षित भएको हो । प्रदेशसभामा भएको मतदानमा राउतले ७७ मत प्राप्त गरेका छन् । विपक्षमा २३ मत परेको छ । १०४ सदस्यीय प्रदेश सभामा ४ जना सांसद भने अनुपस्थित भएका छन् ।