काठमाडौँ – दक्षिणी छिमेकी भारतले नेपाल खरिदका लागि अर्डर गरिसकेको १० लाख डोज कोभिसिल्ड खोप अर्को साता पठाउने भएको छ ।
बुधबार परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई सिंहदरबारमा भेटेर नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले यसबारेमा जानकारी दिएका हुन् ।
बुधबार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर राजदूत क्वात्राले मन्त्री खड्कासँग भेट गरेर द्विपक्षीय सम्बन्ध सबै महत्वपूर्ण आयामबारे छलफल भएको बताइएको छ ।’अर्को सातादेखि भारतबाट नेपालमा आपूर्ति हुने कोभिसिल्ड खोपबारे पनि यो भेटमा कुरा भएको छु, परराष्ट्र मन्त्रालयले भनेको छ, ‘भारतबाट अर्को साता १० लाख डोज कोभिसिल्ड खोप आउने निश्चित भएको छ ।’
प्रतिक्रिया