राजनीति

पूर्वमन्त्री लक्ष्मण घिमिरे महाधिवेशन प्रतिनिधिमा पराजित


काठमाडौँ – नेपाली कांग्रेसका नेता लक्ष्मण घिमिरे महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । पूर्वमन्त्री घिमिरे कांग्रेसको जारी अधिवेशन अन्तर्गत रामेछापमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।

घिमिरे कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं कांग्रेसका पूर्वप्रमुख सचेतक पनि हुन् । यस्तै, रामेछापमा नेविसंघका पूर्वमहामन्त्री गजेन्द्र कार्की पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।