समाचार

आङछिरिङ शेर्पाले गरे दुर्गम गाउँमा राहत वितरण


काठमाडौँ – सोलुखुम्बुको लिखुपिके गाउँपालिका– ५ का एक सय घरपरिवारलाई राहत वितरण गरिएको छ ।

सफल पर्यटन व्यवसायी एवं नेपाली कांग्रेस आदिवासि जनजाती विभागका केन्द्रीय सदस्य आङछिरिङ शेर्पाले लिखुपिके गाउँपालिका वडा नं. ५ रहेको एक सय घरपरिवारलाई राहत वितरण गर्नुभएको हो । शेर्पाले कोरोना कहरकाबीचमा यसअघि पनि जिल्लाका विभिन्न क्षेत्रका विपन्न वर्गका जनतालाई राहत वितरण गर्नुभएको थियो ।

किञ्जा बजारमा भेला गरी प्रत्येक घरपरिवार ३० केजीको १ बोरा चामल, नुन र माक्स वितरण गरेको तरूणदल सोलुखुम्बुका अध्यक्ष अशोक झाले जानकारी दिनुभयो । राहत पाएपछि स्थानीयले खुशी व्यक्त गर्दै सहयोगीलाई धन्यवाद दिएका छन्।

यसैबीच, तरूणदल सोलुखुम्बुको सहकार्यमा ईलाका स्वास्थ्य चौकी चौलाखर्कलाई सोलारबाट चल्ने प्रोटेबल अक्सिजन कन्सर्न्टेटर १ थान, पीपीई १० सेट, फेस सिल्ड, माक्सलगायतका स्वास्थ्य साम्रगी वितरण गरिएको छ ।