Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

प्रदेश नं. २

अख्तियारले प्रदेश २ लाई बदनाम गर्ने प्रयास गर्याे : मुख्यमन्त्री राउत


काठमाडौँ – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ सरकारको बदनाम गरेको आरोप लगाएका छन् । आयोगले मुख्यमन्त्री कार्यालयमा एक्कासी छापा मार्ने कार्य सरकारलाई बदनाम गर्ने प्रयास मात्र भएको प्रतिक्रिया दिएका हुन् ।

बुधबार प्रदेशसभा बैठकमा बोल्दै राउतले केही कमजोरी भए बोलाएर सोध्न सक्ने तर एक्कासी छापा मार्नु हस्तक्षेप भएको उनको बुझाई छ । मुख्यमन्त्री कार्यालयले बेटी बचाऊ बेटी पढाउ कार्यक्रम अन्तर्गत गत वर्ष प्रदेशभरका ८ कक्षाका छात्रालाई साइकल वितरण गरेको थियो ।

सो कार्यक्रम पारदर्शी नभएको भन्दै समाचार प्रकाशन भएपछि अख्तियारले गत हप्ता छापा मारेको थियो । अख्तियारले छापा मारे पनि यसलाई राजनीतिक दलले एजेण्डा बनाउन नहुने बताए ।