राजनीति

आज पनि भाँडभैलो, संसदमा देखिएको कुरुप चरित्र, सभामुख पेलेरै अघि बढे (भिडियोसहित)


काठमाडौँ – भदौं २३ मा प्रतिनिधिसभाको नवौं महाधिवेशन शुरु भएयता निरन्तर चल्दै आएको संसद् अवरोध आज पनि जारी रह्यो ।प्रतिपक्ष अवरोधमा उत्रियो भने सभामुख पेलेर संसद् चलाउन लागे परे । बैठक मात्र ८ मिनेट बसेर टुङगीयो । सदाझैं मंगलबार पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु भएको जानकारी गराउन नपाउँदै एमाले सांसदहरु दौडिएरै वेल घेराउमा पुगे ।र शुरु भयो संसद्मा मूर्दावादको नाराबाजी ।

सभामुख र सदनमाथि रोष प्रकट गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधमा मंगलबार अर्काे नारा थपियो । कालो धन हामिलाई चाहिदैन, देश लुट्न पाईदैन ।
सरकारले स्रोत नखुलेको सम्पत्तिले समेत वैधता पाउने गरि व्यवस्था गरेपछि एमाले त्यसका विरुद्ध नाराबाजीमा उत्रिएको हो ।यसअघि आफुले सिफारिस गरेका १४ सांसदलाई कारबाही नगर्ने सभामुखको कार्यशैलीमाथि असन्तुष्टि जाहेर गर्दै निरन्तर संसद् अवरोध गरिरहेको एमाले नयाँ मुद्दाको खोजीमा छ । तर गतिरोध हटाएर संसद्लाई सहज बनाउने मनोविज्ञानमा छैन ।जसले आमजनमानसमा संसद्प्रतिको वितृष्णा बढ्दै गएको छ ।्

सत्तापक्ष, प्रतिपक्ष र सभामुखका आ–आफ्नै स्वार्थको खाडलमा संसद फसेपछि आम जनमानसमा वितृष्णा बढ्दै गएको साँचो हो ।तर गतिरोध अन्त्य भन्दा पनि प्रतिपक्ष थप अवरोधमा केन्द्रीत छ भने सत्तापक्ष र सभामुख पेलेर संसद् चलाउन खोजिरहेका छन् । मंगलबार पनि एमालेको अवरोधकै बीच कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७६÷७७ पेस गरेपछि जम्मा ८ मिनेट बसेर बैठक असोज २२ सम्मका लागि स्थगित गरियो ।

एमालेविभाजन गर्न सभामुखले भूमिका खेलेको, माधव नेपालसहितका १४ सांसद अवैधानिक रहेको भन्दै उनीहरूलाई निष्कासन नगरेसम्म अवरोध कायमै रहने एमालेको अडान छ । तर सत्तापक्षका सांसदहरुले संसद्लाई सहज नबनाएसम्म कुनै माग सम्बोधन नहुने दाबी गरिरहेका छन् ।यहीँ मुद्दा अदालतमा विचाराधीन भएका बेला एमाले संसद् अवरोध पनि चर्काईरहेको छ । सत्तापक्ष र सभामुख भने अदालतमा विचाराधीन मुद्दामाथि छलफल जायज नभएको दाबी गरिरहेका छन् । फलतः संसद् स्वार्थको राजनीतिमा चुर्लुम्ल डुब्दा काम न काजको बनेको छ ।