राजनीति

भौतिक पूर्वाधार सहित जसपालाई चार मन्त्रालय,मन्त्रीको टुङ्गो भोलि लाग्ने


काठमाडौँ –सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने भएको छ ।

आज सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ गठबन्धन दलबीच आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय दिने सहमती भएको औंपचारिक जानकारी गराउनु भएको हो ।

सत्तारुढ गठबन्धन दलको बैठक मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकले आफ्नो पार्टीलाई ४ वटा मन्त्रालय दिने निर्णय गरेको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिनु भयो ।

त्यसैगरी बैठकले पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई नै दिएको छ । जनता समाजवादी पार्टी, नेपालका २१ जना सांसदहरु रहेका छन ।