काठमाडौँ- सरकारले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार चाडपर्वलाई लक्षित गरी काठमाडौंको न्यूरोड र मख्खनगल्लीमा अनुगमन गरेको हो । बजार अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरिक्षण अधिकृत अमितकुमार झाले न्यूरोड र मख्खनगल्लीमा ७ वटा भन्दा धेरै पसलहरुमा अनुगमन गरेको बताउनुभयो । उहाँले पसलहरुले बिक्री गरिरहेका लताकपडा तथा खाद्य सामग्रीहरुको अनुगमन गरेको बताउनुभयो ।
अनुगमनमा मुख्य समस्याहरु खरिदबिक्री बिलको रहेको बताउनुभयो । उहाँले तीन जनालाई तत्काल जरिबाना गरेको र अन्य तीन जनालाई विभागमा बोलाएको बताउनुभयो । उहाँले पसलमा मुख्य व्यापारी नभएकोले तीन दिनभित्र विभागमा उपस्थित हुनुपर्ने बताउनुभयो ।
निरिक्षण अधिकृत झाले भन्नुभयो, ‘हामीले चाडपर्वलाई लक्षित गरेर बजार अनुगमन तीव्र बनाएका छौँ, आज न्यूरोड र मख्खनगढीमा हाम्रो टोलीले अनुगमन गरेको छ, त्यहाँका ७ वटा भन्दा धेरै पसलहरुमा अनुगमन गरेका छौँ, त्यसमध्ये ३ वटालाई तत्काल कारबाही गरेका छौँ भने बाँकी तीन वटालाई विभागमा बोलाएका छौँ ।’
निरिक्षण अधिकृत झाले अहिले निरन्तर रुपमा चाडपर्वलाई लक्षित गरेर अनुगमन तीव्र बनाइएको बताउनुभयो ।
प्रतिक्रिया