राजनीति

प्रतिनिधि सभा बैठकमा एमालेको चर्को विरोधकै बीच दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन पेश


काठमाडौँ –प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेको छ ।

एमालेले १४ जना सांसदलाई गरेको कारबाहीको सुचना सभामुखले टाँस नगरी पक्षपातपूर्ण व्यवहार गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले संसद बैठक अवरोध गर्दै आएको छ । आजको बैठकमा पनि नाराबाजीसहित एमालेले विरोध प्रदर्शन गरेको हो ।

एमाले सांसदहरुको विरोधका विच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६÷७७ प्रतिनिधिसभामा पेश गर्नुभयो ।

प्रतिनिधिसभाको आगामी बैठक असोज २२ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।