काठमाडौँ– काठमाडौं किङ्स–११ चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा आज भैरहवा विरुद्धको स्थगित खेलमा एक अंक पाएपछि काठमाडौं प्ले अफमा पुगेको हो ।
सोमबार परेको वर्षाले मैदान भिजेको कारण खेल स्थगित भएपछि काठमाडौं र भैरहवाले एक एक अंक बाडेको हो । काठमाडौं चौंथो स्थानमा रहदै प्ले अफमा पुगेको हो । काठमाडौंले ५ खेलमा ३ अंक जोड्यो । ललितपुरसँग समान ३ अंक जोडेपनि काठमाडौं नेट रन रेटमा अघि रहेको हो ।
साविक विजेता ललितपुर भने लिग चरणबाटै बाहिरिएको छ । भैरहवा ७ अंक जोडेर दोस्रो स्थानमा रहदै क्वालिफायरमा पुगेको छ । अब चितवन टाइगर्स र भैरहवाले पहिलो क्वालिफायर खेल खेल्नेछ । काठमाडौंले पोखरा राइनोजसँग खेल्नेछ । पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्नेछ ।
प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।
प्रतिक्रिया