समाचार

फेरि बढ्यो सुनको मूल्य


काठमाडौँ – सुन आज प्रतितोला फेरि ५ सय रुपैयाँ बढेको छ । एक हप्तादेखि ६४ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुन आज ६५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय स्तरमानै सुनको मूल्य बढेकाले यसको असर नेपाली बजारमा देखिएको ब्यवसायीहरु बताउँछन् ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । अघिल्लो दिन ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।