समाचार

श्री एयरलाइन्सको जहाज उड्नको क्रममा चिप्लिएर घाँसे मैदानमा


काठमाडौँ – काठमाडौँबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ । जहाज धावनमार्गमा नभएको कारण उडान भने सञ्चालन भइरहेको छ ।

विमानस्थल स्रोतका अनुसार जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो । जहाजमा कुनै क्षति भएको छैन । पाङ्ग्रा भने ट्याक्सिवेबाट बाहिर गएको छ ।