राजनीति

परराष्ट्रमन्त्री खड्कासँग अमेरिकी र चिनियाँ राजदूतको भेटवार्ता


काठमाडौँ – नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍याण्डी बेरी र चीनका राजदूत होउ यान्छीले शिष्टाचार भेटवार्ता गरेका छन् । खड्कासँग दुवै राजदूतले सोमबार भेट गरेका हुन् ।

मन्त्रालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी सम्बन्ध र बहुपक्षीय सहभागिताका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा मन्त्री खड्काले नेपालको विकास पहल र कोभिड–१९ विरुद्धको लडाइँमा निरन्तर सहयोग गरेकामा अमेरिकी र चीन सरकार तथा जनतालाई धन्यवाद दिएको मन्त्रालयले जनाएको छ ।

मन्त्री खड्काले यही असोज ६ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।