राजनीति

आज प्रतिनिधि सभाको बैठक बस्दै


काठमाडौँ – आज (मंगलबार) प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ । त्यसका लागि सम्भावित कार्यक्रम तय भइसकेको छ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६/७७’ पेस गर्ने सम्भावित कार्यक्रम छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने संसद् बैठक लगातार अवरुद्ध पारिरहेको छ ।