देश

शिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जना प्रहरी नियन्त्रणमा

शिभिल सहकारीमार्फत बचतकर्ताको झण्डै एक अर्व ठगी गरेको अभियोग


काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले शिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरेको छ । शिभिल सहकारीमार्फत बचतकर्ताको झण्डै एक अर्व रुपैयाँ ठगी गरेको अभियोगमा सीआईबीमा मुद्या दर्ता भएपछि प्रहरीले शिभिल ग्रुप अन्तर्गत सहकारीका अध्यक्षसमेत रहेका पूर्व सभासद तामाङसहित सञ्चालकहरु केशवलाल श्रेष्ठ र विजय विक्रम शाह पक्राउ परेका हुन् ।

केन्द्रीय अनुसन्धान व्यूरो श्रोतका अनुसार मुद्दा दर्ता भएपछि आरोपीहरुलाई सोमबार काठमाडौँको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । ठगी आरोपमा उनीहरुविरुद्ध आइतबार सीआईबीमा मुद्या दर्ता भएको थियो ।

सोही आधारमा उनीहरुलाई अनुसनधाका लागि नियन्त्रणमा लिइएको प्रहरी श्रोतले जनाएको छ । सीआईबीमा २८ जनाविरुद्ध किटानी जाहेरी परेको छ ।