काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३५६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौँमा २६६, भक्तपुरमा ३८ र ललितपुरमा ६२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
पछिल्लो २४ घन्टामा मुलुकभर थप १ हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा मृत्यु हुनेको संख्या १० जना रहेको छ ।
प्रतिक्रिया